१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१५ दिनभित्र पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१३:oo

पाथीभरा क्षेत्र विकास समितिले यस क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। समितिले १५ दिने सूचना जारी गर्दै होर्डिङ बोर्ड हटाउन निर्देशन गरेको हो।

काफ्लेपाटीदेखि मन्दिरसम्मका रुखहरूमा जथाभावी होर्डिङ बोर्डहरू राखिएका छन्। यो क्षेत्रका सडकआसपासका हरेकजसो रुखमा सरकारी, गैरसरकारी निकायदेखि व्यवसायी र व्यक्तिसम्मले बोर्ड राखेका छन्।

समितिका निर्देशक प्रजिन हाङबाङले सो अवधिसम्ममा साइनबोर्ड नहटाए प्राकृतिक वातावरणको संरक्षणका लागि समिति आफैँले आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्। पाथीभरा पदमार्गमा रहेका बिरुवामा समेत काँटी ठोकेर साइनबोर्ड राखिएको छ।

फुङलिङ नगरपालिका– ५ सुकेटारका ओमप्रकाश राई काँटीले वनस्पतिमा गम्भीर असर पुर्‍याएको वेला स्वागतयोग्य निर्णय आएको बताउँछन्।  ‘एउटा सानो सन्देश लेखेर आफ्नो विज्ञापनका लागि यो क्षेत्रका हरेकजसो रुखमा बोर्डहरू राखिएका छन्। कोशी प्रदेशका मोरङ, सुनसरी, झापादेखि ताप्लेजुङ र भारतका मेडिकलसम्मको विज्ञापन गर्नेहरू छन्,’ उनले भने।

यस्तो कार्यले संरक्षित बोटबिरुवामा नकारात्मक असर गर्ने भएकाले बोर्ड हटाउन निर्देश गरिएको समितिले जनाएको छ। पाथीभरा क्षेत्रमा लालीगुराँस, लौठसल्ला, चाँप, चिमाल, च्याङ्ग्रे सल्लाजस्ता बोटबिरुवा पाइन्छन्।

ad
ad