१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवासँग भागबन्डा नमिलेपछि शेखर–गगनको छुट्टै भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५५:oo

सिट बाँडफाँटको विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि कांग्रेस संस्थापनइतरले आफूपक्षीय नेताहरूको छुट्टै बैठक बोलाएको छ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूको भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनमा कांग्रेसले पाएको १० मध्ये चार संस्थापनइतरले दाबी गरेको छ। तर, सभापति देउवा यसका लागि तयार नभएपछि इतर  पक्षले छुट्टै भेला बोलाएको हो।

१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनमा सहमति छ।

ad
ad