१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १९ बिहीबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल-भारत संयुक्त बैठकमा के-के भयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १९ बिहीबार १६:३९:००

नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीचको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको छ। 

दुई देशबीचको सम्बन्ध, व्यापार, कनेक्टिभिटी, पारबहन, जलस्रोतलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। 

उनका अनुसार बैठकमा चारवटा सहमति-पत्रमा हस्ताक्षर भएको छ। १० वर्षमा १० हजार विद्युत् निर्यात गर्नेसम्बन्धी सहमति-पत्र, स्याटेसाइट प्रक्षेपणलगायत छन्। 

यस्तै, आज तीनवटा क्रसबोर्डर ट्रान्समिसन लाइनको उद्घाटन पनि भएको छ। भारतले जाजरकोट भूकम्पमा १० अर्ब सहयोगको घोषणा पनि गरेको छ।