Skip This
दार्चुला जान मन छ : जितु नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दार्चुला जान मन छ : जितु नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:३४:oo

घुमफिर 

मैले नेपालका अधिकांश जिल्ला घुमिसकेको छु । तर, डोटी, दार्चुला, जुम्लालगायत केही जिल्ला अझै पुग्न बाँकी छ । यी जिल्ला घुम्न मन छ । 

ओखलढुंगाबाट माथि गइसकेपछि सोलु झर्ने बाटोमा पर्ने ‘बतासेडाँडा’ घुम्दा निकै रमाइलो लागेको थियो । मुस्ताङ जाँदा पनि उत्तिकै मजा आयो । पोखरा, पाल्पा पनि निकै रमाइला ठाउँ हुन् । कर्णाली साइडमा चाँदनी–दोधारा घुम्नुको रमाइलो नै बेग्लै रह्यो । 

नेपालका हरेक स्थानको आफ्नै मौलिक विशेषता छ, जहाँ पुग्दा नौलो महसुस हुन्छ । कतिपय ठाउँ जाडोमा घुम्नका लागि उपयुक्त छन् भने कतिपय ठाउँमा गर्मी मनाउन जान मजा छ ।

म प्रायः आमा, श्रीमती, छोराछोरीलाई पनि आफूसँगै घुमाउन लैजान्छु । यसअघि केदारजी, दीपकजीसँग कोलकाता पनि गएका थियौँ । आमालाई लिएर वृन्दावन पनि गएको थिएँ । मलाई घुम्न निस्किइसकेपछि त्यहाँको वातावरण हेर्न र फर्केर आउँदा केही न केही चिनो बोकेर ल्याउन मन लाग्छ । 

यात्रामा आफूसँग कम्तीमा एउटा पुस्तक छुटाउँदिनँ । साथीभाइसँगै हुँदा गफ गरेरै इन्जोय हुन्छ । एक्लै भएका वेला पुस्तकका पाना पल्टाउँछु । अहिले भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र ः एकतन्त्रदेखि गणतन्त्रसम्म’ पढिरहेको छु । मलाई उपन्यासभन्दा पनि इतिहासमा आधारित पुस्तक पढ्न मन लाग्छ । धार्मिक पुस्तक पनि उत्तिकै मन पर्छ । 

ad
ad