१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लिभरपुलमा सलाहको एक सय ५० गोल पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१७:oo

इंग्लिस प्रिमियर लिगअन्तर्गतकाे लिभरपुलका स्ट्राइकर मोहमद सलाहले व्यक्तिगत एक सय ५० गोल पूरा गरेका छन् । सोमबार राति घरेलु मैदान एनफिल्डमा न्युकासलमाथि ४–२ को जित निकाल्दा लिभरपुलका लागि सलाहले दुई गोल गरेका थिए । यसैगरी, जोन्स र गाक्पोले एक–एक गोल गरे । न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटमेनले एक–एक गोल फर्काएका थिए ।

सन् २०१७ मा सलाह सिरिए क्लब एस रोमाबाट लिभरपुलमा आबद्ध भएका थिए । उनले अहिलेसम्म लिभरपुलबाट समग्रमा दुई सय ३८ खेल खेलेका छन् । यसक्रममा उनले  प्रिमियर लिगमा भने उनले एक सय ५१ गाेल पूरा गरेका छन् । समग्रमा भने दुई सय चार गोल पूरा गरिसकेका छन्।  फुटबल करिअरमा लामो समयसम्म लिभरपुलमा बसेका सलाहले रोमाबाट एक सिजन मात्र खेले । रोमामा उनले ३१ खेलमा १५ गोल गरेका थिए । 

लिभरपुलको चार गोल 
न्युकासलविरुद्धको प्रतिस्पर्धामा सलाहले सुरुवातमै पेनाल्टी गुमाएका थिए । यद्यपि, दोस्रो हाफमा उनी उत्कृष्ट फर्ममा देखिए । दोस्रो हाफमै उनले दुई गोल गरे । इजिप्टबाट अफ्रिका कप अफ नेसन्स खेल्ने तयारीमा रहेका सलाहले खेलको ४९औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरे । खेलको ५४औँ मिनेटमा न्युकासलले बराबरी गोल फर्काएको थियो । खेलको ८६ मिनेटमा सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुलको जित लगभग सुनिश्चित भयो । न्युक्यासलबाट दोस्रो हाफमा दबाब सामना गरेको लिभरपुलका लागि जोन्स र गाक्पोले गोल गर्दै टोलीलाई ३–१ को बलियो स्थितिमा राखे । खेलको ८१औँ मिनेटमा न्युक्यासलले गोल गरी खेलमा फर्काउने कोसिस गरेको थियो । 

शीर्ष स्थानमा तीन अंकको अग्रता
लिभरपुलले लिगको सुरुवातमा सात खेलमा जित निकालेको थियो । म्यानचेस्टर युनाइटेड र आर्सनलसँग घरेलु मैदानमा बराबरी नतिजा निकाल्दा लिभरपुलको जितको जिंक तोडियो । न्युकासलमाथि जित निकालेको लिभरपुलले शीर्ष स्थानमा ४५ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लासँग तीन अंकको अग्रता लिभरपुलले लिएको छ । न्युक्यासल २९ अंकका साथ नवौँ स्थानमा छ । दोस्रो स्थानको एस्टन भिल्लाले ४२ अंक जोडेको छ । साबिक विजेता म्यानचेस्टर सिटी ४० अंकका साथ तेस्रो स्थानमा छ । चौथो स्थानको आर्सनलले पनि ४० अंक बनाएको छ । सिटीले एक खेल कम खेलेको छ ।

फिलिप्स भित्र्याउने पिएसजीको चाहना 
फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इंग्लिस मिडफिल्डर केल्भिन फिलिप्स भित्र्याउने योजना बनाएको छ । पिएसजीले जनवरी ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीबाट फिलिप्ससँग अनुबन्ध गर्ने प्रयास गरेको एजेन्सीले जनाएको छ । सन् २०२२ मा लिड्स युनाइटेडबाट फिलिप्स सिटीमा पुगेका थिए । अहिलेसम्म फिलिप्सले सिटीबाट १६ खेलमा अवसर पाएका छन् । यसैगरी, जर्मन बुन्डेस लिगा क्लब फ्र्यांकफर्टले नेदरल्यान्ड्सका मिडफिल्डर डोनी भान डी बिकलाई अनुबन्ध गरेको छ । फ्र्यांकफर्टले म्यानचेस्टर युनाइटेडबाट भान डी बिकलाई एक सिजनका लागि लोनमा भित्र्याएको हो । युनाइटेडबाट भान डी बिकले ३५ खेलमा दुई गोल गरेका छन् । 

ad
ad