१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अख्तियारले गोपनीयता कायम नगर्दा सूचक गाउँ छाड्ने स्थितिमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२९:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोपनीयता लिक गर्दा सूचना दिने सूचक गाउँ छाड्नुपर्ने अवस्थामा पुगेका छन् । काभ्रे भुम्लु गाउँपालिका– ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समितिमा नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ भ्रष्टचार भएको भन्दै एक स्थानीयले २३ असार ०७९ मा अख्तियारमा उजुरी दिएका थिए । उजुरीमा उनले आफ्नो सम्पूर्ण विवरण प्रस्टसँग उल्लेख गरेका थिए । सोही उजुरीका आधारमा अख्तियारले घटनाको अनुसन्धान गरेको थियो ।अनुसन्धानपछि अख्तियारले उपभोक्ता समितिका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाईं र कोषाध्यक्ष माधवप्रसाद चौलागाईंविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा अहिले विशेषमा विचाराधीन छ । 

तर, अख्तियारले परिचय मात्र नभई दिएको उजुरी नै प्रतिवादीलाई उपलब्ध गराएपछि सूचकको गाउँ छाड्ने अवस्थामा पुगेका हुन् । नयाँ पत्रिकाको सम्पर्कमा आएका उनले गाउँमा बस्नै नसक्ने अवस्था सिर्जन भएको बताए । ‘सामुदायिक वनमा भ्रष्टाचार भएपछि अख्तियारमा उजुरी दिएँ । अख्तियारले छानबिन गरेर उपभोक्ता समूहका पदाधिकारीविरुद्ध मुद्दा दायर गर्‍यो, तर मेरो गोपनीयता कायम राखेन । दिएको उजुरीसहित सबै परिचय प्रतिवादीलाई उपलब्ध गराइदियो । अहिले उनीहरूले गाउँमा बस्न दिएका छैनन् । उनीहरूले अनेक खालका धम्की दिँदै आएका छन् । गाउँमा भाग्दै हिँडेको छु,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रवक्ता नरहरि घिमिरे भन्छन् ‘सूचकको गोपनीयता सार्वजनिक भएको सम्बन्धमा कुनै जानकारी छैन । यस विषयमा के भएको रहेछ, अध्ययन गर्छु । त्यसपछि मात्रै प्रतिक्रिया दिन सकिएला ।’

गोपनीयता सार्वजनिक भएपछि सूचक अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाकहाँ गुनासो गर्न पुगेका थिए । गोपनीयता सार्वजनिक गर्ने अधिकारीविरुद्ध कारबाही गर्न उनले अख्तियारमा अर्को उजुरी पनि दिएका थिए । तर, थपलियाले गुनासो सुन्न नचाहेको पीडित सूचकको भनाइ छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भने घटनाको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए ।

‘सूचकको गोपनीयता सार्वजनिक भएको सम्बन्धमा कुनै जानकारी छैन । यस विषयमा के भएको रहेछ, अध्ययन गर्छु । त्यसपछि मात्रै प्रतिक्रिया दिन सकिएला,’ उनले भने । अख्तियारले गत ६ मंसिरमा चन्द्रसिंह, संगीता र माधवप्रसादविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । साधारण सभाविनै उपभोक्ता समितिको रकम मनोमानी खर्च गरिएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । 

ad
ad