Skip This
एपिएफ प्रधानमन्त्री कपको फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एपिएफ प्रधानमन्त्री कपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:१८:oo

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। 

जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा समेटियो। कोशीका लागि अप्सरी बेगमले ४८ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाइन्।

रुविना क्षेत्रीले २६ बलमा चार चौकासहित २२ रन बनाइन् भने काजोल श्रेष्ठ चार रनमा आउट भइन् । त्यस्तै, लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाइन्। बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान एक–एक विकेट झारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन् । उनी ५० बलमा तीन चौका र एक छक्कासहित ५६ रनमा अविजित रहिन्। 

सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन्। रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन्। एपिएफकी कप्तान रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन्। यो हारसँगै कोशीले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर भोलि खेल्नेछ। एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

ad
ad