१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नगर प्रमुखको जमानतमा छुटे वडाध्यक्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:११:oo

कानुनविपरीत एक्साभेटर प्रयोग गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न सिफारिस दिएको आरोपमा शुक्रबार पक्राउ परेका सिराहाको कर्जन्हा नगरपालिका– १ का वडाध्यक्ष नगर प्रमुखको जमानतमा रिहा भएका छन् । 

डिभिजन वन कार्यालय लहानको टोलीद्वारा शुक्रबार पक्राउ परेका कर्जन्हा– १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेल कानुनी प्रक्रियाअन्तर्गत आवश्यक परेका वेला उपस्थित हुने गरी नगर प्रमुख भोलाप्रसाद पोखरेलको जमानतमा रिहा गरिएको सबडिभिजन कार्यालय बन्दीपुरका वन अधिकृत आविद हुसैनले जानकारी दिए । वडाध्यक्ष पक्राउ परेको भोलिपल्ट शनिबार अपराह्न नगर प्रमुखको नेतृत्वमा स्थानीय बासिन्दाले बन्दीपुरमा चक्काजाम गर्नुका साथै सबडिभिजन वन कार्यालयमा तालाबन्दी गरेपछि दबाब थेग्न नसकेर रिहा गरिएको बताइन्छ ।  

वन अधिकृत हुसैनले वडाध्यक्षविरुद्ध लगाइएको आरोपको अनुसन्धान गर्न आफूलाई अनुसन्धान अधिकृत तोकिएको जानकारी दिँदै मुलुकी फौजदारी कार्यविधि संहिता, ऐन २०७४ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी छोडिएको बताए । अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु उपयुक्त नदेखिएमा सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन नसकिने अवस्था भएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई हाजिर जमानी वा तारेखमा राख्न सकिने भएकाले सोहीअनुरूप वडाध्यक्ष पोखरेललाई छोडिएको उनको भनाइ छ । कर्जन्हा– १ बल्टियाको चुरे वनक्षेत्रमा कमला खोलाको बगरबाट प्रचलित ऐन, कानुनविपरीत सिफारिस गरी अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्न सघाएको आरोपमा शुक्रबार डिभिजन वन र सबडिभिजन वनको टोलीले शुक्रबार पक्राउ गरी लहानस्थित डिभिजन वनको हिरासतमा राखिएको सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिएका थिए । 

कर्जन्हाको बन्दीपुरस्थित सबडिभिजन वन कार्यालयको गस्ती टोलीले बल्टियाको वनक्षेत्रमा पर्ने कमला नदीको बगरबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) नगरी उत्खनन गरिरहेको अवस्थामा एक्साभेटरसहित ७ पुसमा कमलाको बगर उत्खनन गरिरहेको अवस्थामा चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पक्राउ गरेको थियो । 

वनले कर्जन्हा नगरपालिका– ७ स्थित कमला नदी किनारमा अवस्थित कमलेश्वरी कमला क्रसर सञ्चालक मोहम्मद खलिल राइनलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको डिभिजन वन अधिकृत सुजितकुमार झाले बताए । त्यसअघि डिभिजन वनले कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको आरोपमा सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वरुण कन्स्ट्रक्सनका प्रोप्राइटर निलमकुमारी यादव, अवैध उत्खननमा संलग्न आठजना ट्र्याक्टर तथा जेसिबीचालक र सातजना व्यवसायीविरुद्ध ४ पुसमा सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

ad
ad