१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १३ शुक्रबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख राना र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १३ शुक्रबार १७:३०:००

उपसभामुख इन्दिरा रानासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भेट गरेकी छिन्। 

सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा भएको भेट वार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र संसदीय अभ्यास, अनुभव आदानप्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा उपसभामुख रानाले नेपालको संसदमा रहेका महिला, दलित, जनजाति तथा पछि परेका समुदायका सांसदहरूको क्षमता अभिवृद्धिलगायतका विषयमा सहयोग गर्न आग्रह गरिन्।

सो अवसरमा राजदूत भोल्कले अस्ट्रेलिया सरकारले विभिन्न क्षेत्रमा सहायता गर्दै आइरहेको उल्लेख गर्दै जलवायु परिवर्तन, महिला, बालबालिकाका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताएकी थिइन्।