
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई हराए पनि ट्युनिसिया घर फर्किएको छ ।
समूह चरणको अन्तिम खेलमा आज अविश्वसनीय खेल खेल्दै ट्युनिसियाले फ्रान्सविरुद्ध १–० को जित निकाल्यो । तैपनि अन्तिम १६ मा पुग्न भने ट्युनिसिया असफल भयो ।
फ्रान्सबाट महत्वपूर्ण ३ अंक खोसेपछि ट्युनिसियाको चार अंक भयो । तर, सोही समूहको एउटै समयमा भएको अर्को खेलमा डेनमार्कलाई १–० गोलले हराउँदै अस्ट्रेलियाले पनि महत्वपूर्ण तीन अंक हासिल गर्याे ।
सो जितपछि अस्ट्रेलियाको ६ अंक भयो र ऊ उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्याे । यो समूहबाट ट्युनिसियासँगै डेनमार्क पनि बाहिरियो । डेनमार्कले तीन खेलबाट जम्मा एक अंक बटुल्यो ।