१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

साउथ अस्ट्रेलियामा राजदूत भोल्कसँग नेपाली समुदायको अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:३८:oo

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँग दक्षिण अस्ट्रेलियामा रहेका नेपालीहरूले अन्तर्क्रिया गरेका छन्। यहाँस्थित अवैतनिक महावाणिज्य दूतको कार्यालय र हिमालयन मल्टिकल्चरल सोसाइटीको संयुक्त आयोजनामा अन्तर्क्रिया गरिएको हो।

एडलेड सहरस्थित नमस्ते नेपाली रेस्टुरेन्टमा भएको रात्रिभोजसहितको अन्तर्क्रियामा दुईदेशीय सम्बन्धका विविध आयामहरूका विषयमा छलफल भएको सोसाइटीका सदस्य रिजन केसीले जानकारी दिए।

सो क्रममा राजदूत भोल्कले तास्मानियाको होबर्ट सहर र नेपालको पोखरा सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको जानकारी दिइन्।

अन्तर्क्रियाका क्रममा नेपाली विद्यार्थीहरूको भिसा समस्या र दक्ष जनशक्ति आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको महावाणिज्य दूतको कार्यालयका दीपक धमलाले जानकारी दिए।

ad
ad