मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष १३ शुक्रबार
  • Tuesday, 15 July, 2025
रासस जलेश्वर
२o८o पौष १३ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट

Read Time : < 1 मिनेट
रासस, जलेश्वर
नयाँ पत्रिका
२o८o पौष १३ शुक्रबार १२:१८:oo

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिघा क्षेत्रफलमा लगाइएका ती बिरुवा फँडानी गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाइछिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको जानकारी दिए।