१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:o३:oo

जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण अदालत बन्द थिए।

यसअघि, नाबालिग बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो।

ad
ad