१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मोरङले उपाधि भिडन्तमा सुनसरीको सामना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३o:oo

प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटवल प्रतियोगताको सोमबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथा क्लब मोरङले पाँचथर फुटबल क्लब पाँचथरलाई टाइबे्रकरमा पाँच–चारले हराएको छ । जितसँगै मोरङ अन्तिम दुईमा पुगेको छ ।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । खेलको ५०औँ मिनेटमा पाँचथरका नितेश राईले टोलीलाई १–० को अग्रता दिलाए । खेलको ८६औँ मिनेटमा मोरङका विशाल भण्डारीले १–१ को बराबरीका लागि गोल गरे । 

पाँचथर फुटबल क्लबले झापाको जलथल फुटबल क्लबलाई हराउँदै अन्तिम चारमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा चक्रघट्टी फुटबल क्लब सुनसरीले आठराई क्लब तेह्रथुमलाई १–० गोल गर्दै फाइनल स्थान पक्का गरेको हो । कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेताले तीन लाख दुई हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ हात पार्नेछन् । 

ad
ad