१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मन्त्री किराँतीको अभिव्यक्तिप्रति राप्रपाको आपत्ति, पदबाट बर्खास्त गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आपत्ति जनाएको छ।

सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै किराँतीको अभिव्यक्ति एक धर्मलाई प्रोत्साहित गर्ने र सनातनलगायत अन्य धर्म मान्नेप्रति घृणा फैलाउने खालको रहेको बताएका छन्।

‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘क्रिस्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मलगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्री किराँतीले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोलेको भन्दै राप्रपाले उनलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।

 

ad
ad