१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४६:oo

भरतपुर अस्पतालले स्वास्थ्य बिमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ। स्पतालमा स्वास्थ्य बिमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले स्वास्थ्य बिमा बोर्डको पत्रअनुसार बिमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको बताए। 

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाका लागि दिने व्यवस्था गरिएको छ।

नियमित औषधि सेवन गर्नेले बहिरंग सेवाको टिकट लिएर चिकित्सकलाई देखाएपछि मात्रै औषधि खरिद गर्न पाउने गर्दछन्। यसले अत्यधिक भिड हुने गुनासो आएको थियो। 

स्वास्थ्य बिमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ। अस्पतालमा बिरामीको चाप अत्यधिक भएका कारण बिमाबाट नियमित औषधि लिनुपर्ने बिरामीलाई लक्षित रिफिल काउन्टर सञ्चालन गरिएको डा. तिवारीले बताए। 

रिफिल काउन्टर बिहान ७ देखि १० बजेसम्म खुल्ने मेसु तिवारीले जानकारी दिए। यसबाट धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भिडभाडमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए।

अस्पतालले एकपटक सिफारिस भइआएका सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः सिफारिस नचाहिने जानकारी गराएको छ। यसअघि पुनः परीक्षणका लागि आउँदा सिफारिस लिएर आउनुपर्ने व्यवस्था थियो।

भरतपुर अस्पतालमा दैनिक तीन हजार हाराहारी बिरामी बहिरंग सेवामा आउने गर्दछन्। तीमध्ये ७० प्रतिशत स्वास्थ्य बिमामार्फत उपचार गराउने हुने गरेका छन्।

ad
ad