Skip This
तुलसीसँगै रोप्नुस् यी बिरुवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ५ बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तुलसीसँगै रोप्नुस् यी बिरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार १o:४१:oo

धेरैको घरमा तुलसी रोपिएको हुन्छ । कसैले पूजाका लागि त कसैले यसलाई जडीबुटीका रूपमा रोप्छन् । हिन्दूधर्ममा यस बिरुवाको विशेष महत्व छ । त्यस्तै, औषधीय गुणका लागि पनि यो चिनिन्छ । 

तुलसीका अन्य फाइदा पनि छन् । जसकारण यसलाई एक उत्कृष्ट ‘कम्पेनियन प्लान्ट’ (अन्य बिरुवाको साथी) पनि मानिन्छ । तुलसीका साथी बिरुवाहरूमध्ये शतावरी एक हो । 

शतावरी : शतावरी र तुलसीलाई एकसाथ लगाउँदा एफिड्स र अन्य हानिकारक कीटाणुलाई टाढा भगाउन सकिन्छ । शतावरी एक बाह्रमासे तरकारी हो, जसलाई घरका गमलामा रोप्न सकिन्छ ।

मुला : मुला, गाँजर, चुकन्दरलगायत तरकारीलाई पनि तुलसीसँग रोप्न सकिन्छ । तुलसीको बिरुवामा हुने कीटनासक सुगन्धका कारण यी बिरुवामा पनि किरा लाग्न पाउँदैन । तुलसीको सुगन्धका कारण यी तरकारीको स्वाद पनि राम्रो हुन्छ । तुलसी रोपिएको गमलामा यी रुट भेजिटेबल्स पनि रोप्न सकिन्छ । यी बिरुवाहरू घाम र छाया भएको दुवै अवस्थामा फक्रन सक्छन् । 

टमाटर : सामान्यतः टमाटरमा विभिन्न कीटाणु आकर्षित हुन्छन् । जसमध्ये हर्नवर्म मुख्य हो । यसले टमाटरका पातहरूलाई तेजसँग खान्छ । यदि टमाटरसँगै तुलसी रोपियो भने तुलसीको कीटनासक गुणले यसलाई टाढा भगाउँछ । त्यस्तै, टमाटरको वृद्धिमा पनि सहयोग गर्छ । खुर्सानी, आलु, लसुनलगायतका बिरुवालाई पनि तुलसीसँगै रोप्न सकिन्छ ।