Skip This
काठमाडौं महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माण सुरु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ५ बिहीबार o८:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माण सुरु 

भाडाका भवनबाट आफ्नै भवनमा सर्न पाउने भएका छौँ : वडाध्यक्ष तण्डुकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार o८:४६:oo

काठमाडौं महानगरपालिका– ११ को कार्यालय भवन निर्माणले तीव्रता लिएको छ । बागदरबारको दक्षिण–पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको हो । गएको मंसिर २८ गते महानगर दिवसको अवसरमा पारेर वडाध्यक्ष हीरालाल तण्डुकारले भवन निर्माणका लागि शिलान्यास गरेका हुन् । 

अहिले वडा कार्यालय बबरमहलको निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको थियो । यसअघि थापाथलीमा थियो । ‘अहिलेसम्म हामी भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ, अब आफ्नै भवनबाट सेवा दिन्छौँ,’ वडाध्यक्ष तण्डुकार भन्छन्, ‘वर्षौँदेखिको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण हुनु वडावासीका लागि खुसीको कुरा हो ।’

भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित पाँच करोड सात लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । ०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको छ । 

इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा सात हजार दुई सय ५० स्क्वायरफिट क्षेत्रफलमा निर्माण हुने चार तलाको भवन बागदरबारकै शैली र उचाइको हुनेछ । भवनको भित्री सुविधा आधुनिक हुनेछ । भवनको भुँइतला एक हजार ६ सय ३० दशमलव ८१ स्क्वायरफिटको हुनेछ । यस तला सेवा प्रवाहका लागि प्रयोग हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इन्जिनियरको कक्ष हुनेछन् । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष हुनेछ । यही तलामा ५० जना अट्ने सभा कक्षसमेत हुनेछ ।