Skip This
राजविराजमा चरम अनियमितता भएको आशंकामा अख्तियारले थाल्यो छानबिन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २ सोमबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o पौष २ सोमबार १६:४२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

राजविराजमा चरम अनियमितता भएको आशंकामा अख्तियारले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o पौष २ सोमबार १६:४२:oo

सप्तरीको राजविराज नगरपालिकामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ।

गत वर्ष पालिकामा सञ्चालित अधिकांश विकास आयोजना तथा सामाजिक शाखातर्फको कार्यक्रममा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो।

नगरपालिका कर्मचारी स्रोतका अनुसार आर्थिक अनियमितताको आशंकामा अख्तियारले छानबिन थाल्दै नगरपालिकामा चार दर्जनभन्दा बढी पत्र पठाएको छ।

‘नगरपालिकामा सञ्चालित विकास तथा सामाजिक शाखातर्फको अधिकांश योजनामा आर्थिक अनियमितता भएको आशंका गरिएको छ,’ स्रोतले भन्यो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको चार दर्जनभन्दा बढी पत्र कार्यालयमा आएको छ।’ 

नगरपालिकामा सञ्चालित सडक बोर्ड, वडास्तरीय र नगरस्तरीय योजना, प्रदेश तथा संघीय अनुदान, सामाजिक शाखातर्फको कार्यक्रम, तालिम, गोष्ठीहरूमा चरम आर्थिक अनियमितता भएको स्थानीयहरूले आरोप लगाउँदै आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका एक कर्मचारीले छानबिन भइरहेको बताए। उनले भने, ‘आयोगमा राजविराज नगरपालिकाको उजुरी बढेको छ,’ उनले भने, ‘छानबिन गर्नु नियमित प्रक्रिया हो, छानबिन भइरहेको छ।’

यता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङले अख्तियारको छानबिन सन्दर्भमा केही भन्न नमिल्ने बताएका छन्। उनले भने, ‘अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय हो, यसको सन्दर्भमा के भएको, भइरहेको भन्न मिल्दैन।’