१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युट्युबमा भ्युज बढाउन जहाज दुर्घटना गराउने  व्यक्तिलाई ६ महिना जेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५८:oo

युट्युब भिडियोमा भ्यूज बढाउन जहाज दुर्घटना गराउने एक अमेरिकी युट्युबरलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । ३० वर्षीय डेनियल ज्याकोबले उडिरहेको जहाजबाट प्यारासुटमार्फत हाम फालेर जहाज दुर्घटना हुन छाडिदिएका थिए ।

अनुभवी पाइलट र स्काइडाइभर ज्याकोबमाथि विमान दुर्घटना गराएको र त्यससम्बन्धी संघीय अनुसन्धानमा अवरोध पुर्‍याउने गरी भग्नावशेष नष्ट गरेको आरोप लगाइएको थियो । फैसलापछि पत्रकारहरूसँग बोल्दै संघीय अभियोजनकर्ताले भने, ‘ज्याकोले समाजिक सञ्जालमा भ्यूज बढाएर वित्तीय फाइदा हासिल गर्न विमान दुर्घटना गराएको देखिन्छ । जुनसुकै अवस्थामा पनि यस्तो ‘दुस्साहसी कदम स्वीकार्य हुँदैन ।’

ज्याकोबले सन् २०२१ डिसेम्बरमा ‘आई क्य्रास्ड माई एयरप्लेन (मैले मेरो हावाईजहाज दुर्घटना गराएँ’) शीर्षकको भिडियो युट्युबमा हालेका थिए । भिडियोमा उनी सानो हवाईजहाजमा लस प्याड्रेस राष्ट्रिय निकुञ्जमाथि उडिरहेका देखिन्छन् । र, केहीपछि जहाजको इन्जिन बिग्रिएको भनेर प्यारासुट लिएर हामफाल्छन् । उनले पहिले नै प्यारासुट लगाएका देखिन्छन् र हामफालेपछि पनि सेल्फी स्टिकमा जडित क्यामेराले उनलाई खिचिरहन्छ ।

उनी हामफालिसकेपछि हवाईजहाजको पंखा र पछाडि भागमा राखिएको क्यामेराले बाँकी यात्रा खिच्छ, जसलाई ज्याकोबले पछि खोजेर हात पारेको भिडियोमै देखाइन्छ । सरकारी अभियोजनकर्ताले ज्याकोबविरुद्ध हालेको मुद्दाअनुसार उनले एक कम्पनीको सामान प्रवद्र्धन गराउने सम्झौताअन्तर्गत उक्त दुर्घटना गराएका थिए ।

दुर्घटनापछि उनले सरकारी निकायलाई त्यसबारे जानकारी गराएको र दुर्घटनास्थलबारे बताउने सहमति जनाएका थिए । तर, पछि आफूलाई सो स्थान थाहा नभएको बताएर पन्छिन खोजे । जबकि सन् २०२१ डिसेम्बर १० मा ज्याकोब र उनका एकजना साथी हेलिकोप्टरमा दुर्घटनास्थल पुगेको र त्यहाँबाट भग्नावशेषलाई अन्त लगेको सरकारी अनुसन्धानले पत्ता लगायो । अमेरिकी संघीय उड्ययन प्रशासनले यसअघि नै ज्याकोबको पाइलट लाइसेन्स खारेज गरिसकेको छ । 

ad
ad