१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बोटबिरुवा स्याहार्न ग्रिन एम्बुलेन्स चलाउँदै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४३:oo

काठमाडौं महानगरपालिकाले ‘ग्रिन एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । महानगरको हरियाली अभियानमा सहयोगका लागि यस्तो गाडी आवश्यक भएको महानगरले जनाएको छ । बोटबिरुवा रोप्नुपर्ने अवस्थामा, मलजल राख्नुपर्ने भएमा, बोटबिरुवाको तुरुन्त काँटछाँट गर्नुपर्ने भए उक्त एम्बुलेन्स प्रयोग हुनेछ ।

‘महानगरलाई हरियाली बनाउन र बोटबिरुवाको संरक्षणका लागि अतिआवश्यक भएकाले यस्तो गाडी सञ्चालनमा ल्याउन लागेका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘ग्रिन एम्बुलेन्सको अतिआवश्यक भएर नै सञ्चालन गर्न लागेका हौँ । यसका लागि कार्यविधि तयार हुँदै छ । कार्यविधि आएलगतै सञ्चानलमा आउनेछ ।’ 

महानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले समेत ग्रिन एम्बुलेन्स तथा सञ्चालन कार्यविधि ०८० तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । ‘हामीलाई ग्रिन एम्बुलेन्स सञ्चालनका लागि कुनै समस्या छैन । महानगरभित्र भएका पुराना गाडीलाई रङरोगन गरेर सञ्चालनमा ल्याउने हो,’ उनले भने । 

ad
ad