१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

शुक्लाफाँटा र धनगढी एकेडेमी विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३८:oo

धनगढीमा चलिरहेको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमीले जित निकालेका छन् । पहिलो खेलमा शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्‍यो । शुक्लाफाँटाले प्रस्तुत गरेको एक सय ८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो । कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले समान २ विकेट लिए । 

पहिलो ब्याटिङ गरेको शुक्लाफाँटाले २० ओभरमा ५ विकेट गुमाएर एक सय ८३ रन बनायो । शुक्लाफाँटाका दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेले । किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए । उनले ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे । विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन जोडे । लोकेश जोशीले ३७ रन बनाए । कैलालीका विनोद बोहराले ३ र धर्मराज जोशीले २ विकेट लिए ।

तीनमध्ये दुई खेलमा जित र एकमा हार व्यहोरेको शुक्लाफाँटाले समूह ‘ए’बाट सेमिफाइनल सम्भावना जीवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्टस् क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भए शुक्लाफाँटा र धनगढीमध्ये एक रन रेट आधारमा सेमिफाइनल पुग्नेछ । 

यसैगरी, धनगढीले कैलालीको शारदा माविलाई ८१ रनले पराजित ग¥यो । एक सय ७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदा १५.५ ओभरमा ८९ रनमा समेटियो । शारदाका अभिषेक मल्लले ४१ रन र जीवन चन्दले ११ रन बनाए । धनगढी लेग स्पिनर युवराज खत्रीले सर्वाधिक चार विकेट लिए । उनले ३.५ ओभरमा १६ रन खर्चिए । धनगढीले पहिलो ब्याटिङ गरी २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७० रन बनाएको थियो । धनगढीका मान साउदले सर्वाधिक ३७ रन बनाए । सचिन साउदले ३५ रन, युवराज खत्रीले २९ रन तथा विजय रानाले २३ रन बनाए । 

ad
ad