१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

जिम्बाबेमा खडेरीले सय हात्ती मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१६:oo

जिम्बाबेमा खडेरीको कारण कम्तीमा सयवटा हात्ती मरेका छन्।

जिम्बाबेस्थित ह्वान्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा सयवटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ।

पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरु भएको छ।

जसका कारण  झन्डै ४५ हजार हात्तीको वास स्थान रहेको जिम्बाबेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौँ हात्तीहरू मरेका छन्।

कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ। संस्थाको पार्कमा रहेका एक सय चारवटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ।

खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

ad
ad