१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २१ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको संकल्प यात्रा पर्वतमा

Read Time : < 1 मिनेट
२०८० मङ्सिर २१ बिहीबार १०:४०:००

नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो ।

संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए । 

अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुंगामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताए । 

आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने भएको छ । संकल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ । 

पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ । आमसभाअघि कुश्माबजारका चारवटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ । फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौर, मोदीको खरेहा, जलजलाको पुरानोबजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडीमा आयोजित सभामा परिणत हुने भएको छ । 

जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ संगठनका छुट्टाछुट्टै र्‍याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए । संकल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुंगादेखि कास्की र पर्वतको सिमाना नयाँपुलसम्म झकिझकाउ पारिएको छ ।