१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विद्यार्थीले कस्ता ल्यापटप छान्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५८:oo

- विद्यार्थीका लागि अति आवश्यक सामग्री हो, ल्यापटप । बजारमा धेरैखाले ल्यापटप उपलब्ध छन् । तर, तपाईंले आफ्नो आवश्यकता र बजेट सुहाउँदो ल्यापटप चयन गर्नुपर्छ । 

- अधिकांश विद्यार्थीले आफ्नो कलेजको प्रोजेक्ट वर्क वा अनलाइन क्लासमा यसको प्रयोग गरिरहेका हुन्छन् । त्यहीकारण, लामो समयसम्म ब्याट्री ब्याकअप दिने, राम्रो पर्फर्मेन्स भएको, पोर्टेबल र हल्काखाले ल्यापटप लिनु राम्रो हुन्छ । आफ्नो ल्यापटप किन्नुअघि यसको स्क्रिन साइज पनि ख्याल गर्नुपर्छ । कम्तीमा १४ इन्चका ल्यापटप किन्नु राम्रो हुन्छ । यसले तपाईंलाई राम्रो भिजुअल एक्सपेरिएन्स गराउँछ र आँखालाई पनि कम सास्ती हुन्छ । 

- ल्यापटपमा अध्ययनको काम मात्रै गर्नुहुन्छ भने ४ जिबी र्‍याम भएको ल्यापटप प्रयोग गर्दा पनि हुन्छ । आवश्यकताअनुसार र्‍याम बढाउन पनि सकिन्छ ।

- मल्टिटास्किङ (भिजुअल इडिटिङ, संगीत सुन्ने, ब्याकग्राउन्डमा विभिन्न सफ्टवेयर तथा एप्लिकेसनहरू चलाउनेलगायत) काम गर्नुहुन्छ भने कम्तीमा आई फाइभ प्रोसेसर भएको, आठ जिबी र्‍याम र दुई सय ५६ जिबी एसएसडीयुक्त ल्यापटप आवश्यक पर्छ । आवश्यकता र इच्छाअनुसार विन्डोज, म्याक ओएस वा क्रोम ओएसलगायत अपरेटिङ सिस्टम भएका ल्यापटप लिन सकिन्छ । 

- युएसभी पोर्ट, एचडिएमआई पोर्ट, हेडफोन ज्याक, ब्लुटुथ, वाइफाइलगायत सुविधा भए–नभएको सुनिश्चित गर्नुपर्छ । 

- ल्यापटप छान्दा यसको वारेन्टीबारे पनि ख्याल गर्नुपर्छ । किनकि, ब्रान्डेड ल्यापटप पनि चाँडै बिग्रन सक्छ । 

ad
ad