Skip This
सन् २०२४ का लागि सुरक्षित १५ गन्तव्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Saturday, 27 July, 2024
मीनराज बसन्त काठमाडाैं
२o८o मङ्सिर १६ शनिबार १o:१३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सन् २०२४ का लागि सुरक्षित १५ गन्तव्य

Read Time : > 2 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार १o:१३:oo

बर्कसायर हाथवेको रिपोर्टमा १५ सुरक्षित गन्तव्यमध्ये पहिलोमा क्यानडा छ भने अधिकांश युरोपेली देश छन् 

सन् २०१६ देखि निरन्तर पर्यटक शोध गर्दै आएको बर्कसायरले सुरक्षित गन्तव्य देशबाहेक हिंस्रक अपराधमुक्त, आतंककारीबाट सुरक्षित, यातायात सुरक्षा, स्वास्थ्य मापन, एलजिबिटीक्यूमैत्रीलगायतका शीर्षकमा पनि विभिन्न गन्तव्यको छनोट गरेको छ । 

मानिसका अनेक रुचिमध्येको एउटा रुचि हो, पर्यटन । पर्यटन अर्थात् देश–देशावर घुम्नु । प्रकृतिसँग सन्निकट हुनु, जीवन र जगत् बुझ्नु । आफ्नो समयअनुकूल बनाई देश–विदेश घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । विश्वमा प्रत्येक वर्ष करोडौँ मानिस पर्यटक बनी घुम्न निस्कन्छन् । यिनैलाई लक्षित गरी पर्यटन उद्योग सञ्चालनमा छ । 

कुनै पनि ठाउँ घुम्न निस्किँदा सबैभन्दा पहिले सम्बन्धित देशको सुरक्षामा चुनौती आउँछ । यसलाई आधार बनाएर मानिस देश–विदेशको यात्रा गर्छन् । यसैलाई मध्यनजर गर्दै बर्कसायर हाथवे ट्राभल प्रोटेक्सनले सन् २०२४ मा घुम्न सुरक्षित १५ गन्तव्यको सूची सार्वजनिक गरेको छ । 

रिपोर्टमा भनिएको छ, ‘यात्राका लागि सुरक्षित स्थान सुन्दा सामान्य लाग्छ । यद्यपि, समय सँगसँगै सुरक्षित गन्तव्यको परिभाषा परिवर्तन भएको छ । हाम्रो शोधअनुसार सुरक्षित स्थान त्यो थियो, जुन धेरै हदसम्म आतंककारी गतिविधिबाट मुक्त थियो । त्यसपछि बीचमा कोभिड महामारी आयो । त्यसले प्राकृतिक प्रकोपमुक्त गन्तव्य बनायो । र, अहिले सबै प्रकारका मानिस विनाभेदभाव या उत्पीडन स्वतन्त्र रूपमा घुम्न सक्नु नै सुरक्षित स्थान हुन् ।’

रिपोर्टमा सार्वजनिक भएका १५ सुरक्षित गन्तव्यमध्ये पहिलो नम्बरमा क्यानडा छ । धेरै सुरक्षित देशको सूचीमा युरोपेली देश छन् । यद्यपि, सबभन्दा सुरक्षित देश भने क्यानडा बनेको छ । क्यानडापछि दोस्रोमा स्विट्जरल्यान्ड र तेस्रोमा नर्वे छ । त्यसपछि क्रमशः चौथो आयरल्यान्ड, पाँचौँ नेदरल्यान्ड्स, छैटौँ बेलायत, सातौँ पोर्चुगल र आठौँ गन्तव्य देशमा डेनमार्क छ । त्यसैगरी, नवौँमा आइसल्यान्ड, १०औँ अस्ट्रेलिया, ११औँ न्युजिल्यान्ड, १२औँ जापान, १३औँ फ्रान्स, १४औँ स्पेन र १५औँ नम्बरमा ब्राजिल रहेका छन् । 

सुरक्षित गन्तव्यको परिभाषा विकसित भएसँगै विश्वका सुरक्षित स्थान पनि विकसित भएका छन् । स्वतन्त्र ढंगले घुम्न पाउनु, रोगमुक्त रहनु र गम्भीर मौसमी घटनाबाट सुरक्षित रहने गन्तव्य बर्कसायरले खोजेको छ । स्टेट अफ ट्राभल इन्स्योरेन्स रिसर्चका आधारमा बर्कसायरले पर्यटकका लागि १५ सर्वाधिक सुरक्षित गन्तव्य तोकेको बताएको छ । 

रिपोर्टमा सार्वजनिक भएका १५ सुरक्षित गन्तव्यमध्ये पहिलो नम्बरमा क्यानडा छ । धेरै सुरक्षित देशको सूचीमा युरोपेली देश छन् । यद्यपि, सबभन्दा सुरक्षित देश भने क्यानडा बनेको छ । क्यानडापछि दोस्रोमा स्विट्जरल्यान्ड र तेस्रोमा नर्वे छ । त्यसपछि क्रमशः चौथो आयरल्यान्ड, पाँचौँ नेदरल्यान्ड्स, छैटौँ बेलायत, सातौँ पोर्चुगल र आठौँ गन्तव्य देशमा डेनमार्क छ । त्यसैगरी, नवौँमा आइसल्यान्ड, १०औँ अस्ट्रेलिया, ११औँ न्युजिल्यान्ड, १२औँ जापान, १३औँ फ्रान्स, १४औँ स्पेन र १५औँ नम्बरमा ब्राजिल रहेका छन् । 

बर्कसायरले सार्वजनिक गरेको सुरक्षित गन्तव्यको सूचीमा युरोपेली देश धेरै छन् । दोस्रो नम्बरको स्विट्जरल्यान्डदेखि नवौँ आइसल्यान्डसम्मका क्षेत्र युरोपेली देशभित्र पर्छन् । त्यसबाहेक १३औँ फ्रान्स र १४औँ नम्बरको सुरक्षित गन्तव्य देश स्पेन पनि युरोपभित्रै पर्छन् ।

युएई बाहिरियो, पोर्चुगलसहित चार देश सूचीमा
बर्कसायरले सन् २०२३ का लागि पनि २०२२ मा १५ सुरक्षित गन्तव्य देशको सूची सार्वजनिक गरेको थियो । सो सूचीमा पहिलोमा नेदरल्यान्ड्स थियो । त्यसपछि क्रमशः डेनमार्क, आइसल्यान्ड, अस्ट्रेलिया, नर्वे, क्यानडा, जर्मनी, स्विडेन, स्विट्जरल्यान्ड, न्युजिल्यान्ड, स्पेन, आयरल्यान्ड, युएई, बेलायत र बेल्जियम थिए । 

तर, सन् ०२३ का लागि सुरक्षित देशमध्ये पहिलो स्थानमा रहेको नेदरल्यान्ड्स ०२४ का लागि पाँचौँ स्थानमा छ । त्यस्तै, गत वर्ष दोस्रो नम्बरमा रहेको डेनमार्कको स्तर खस्किएर अहिले आठौँ नम्बरमा पुगेको छ । गत वर्ष शीर्ष १५ को सुरक्षित गन्तव्यको सूचीमा रहेका युनाइटेड अरब इमिरेट्स (युएई) यो वर्ष पर्न सकेन ।

त्यस्तै, पोर्चुगल, फ्रान्स र ब्राजिल आगामी वर्षको गन्तव्यमा नयाँ देशका रूपमा थपिएका छन् । बर्कसायरको सूचीमा एसियाबाट यसपटक जापानले बाजी मारेको छ । सन् २०१६ देखि निरन्तर पर्यटक शोध गर्दै आएको बर्कसायरले सुरक्षित गन्तव्य देशबाहेक हिंस्रक अपराधमुक्त, आतंककारीबाट सुरक्षित, यातायात सुरक्षा, स्वास्थ्य मापनलगायतका शीर्षकमा पनि विभिन्न गन्तव्यको छनोट गरेको छ । 

विश्वभर कति मानिसले यात्रा गर्छन् ?
विश्व पर्यटन संगठनका अनुसार गत वर्ष विश्वभर नौ करोड ६० लाखभन्दा बढीले यात्रा गरे । त्यस्तै, यो वर्षको पहिलो तीन महिनामा दुई करोड ३५ लाखभन्दा बढी पर्यटकले यात्रा गरेका छन्, जुन गत वर्षको पहिलो तीन महिनाको तुलनामा झन्डै दोब्बरले बढी हो । अर्थात्, कोभिडपूर्वको दुईतिहाइ (६६ प्रतिशत) रिकभर भएको संगठनको तथ्यांक छ ।