१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस काठमाडौँ
२o८१ बैशाख १७ सोमबार o८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज ३६औँ विश्व एड्स दिवस : देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५३:oo
  • सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा एचआइभी संक्रमण
  • संक्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु 
  • विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी संक्रमित 
  • नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण
  • नेपालमा हरेक दिन एकजना एचआइभीबाट संक्रमित  

आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।  

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

सन् १९८१ मा पहिलो एचआइभी संक्रमित  फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा संक्रमण भएको छ । संक्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी संक्रमित  हुने गरेका छन् ।  

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट संक्रमित  हुने गरेको छ ।     

 

ad
ad