१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीले पहल गरेमा २० वर्षदेखि युएईको जेलमा रहेका अमरले न्याय पाउने परिवारको आस

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युएई भ्रमणका अवसरमा दार्चुलाका अमरबहादुर बमले न्याय पाउने परिवारले अपेक्षा गरेको छ । अमर २० वर्षदेखि युएईको जेलमा छन् । 

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार युएई जाँदै छन् । प्रधानमन्त्री प्रचण्डले युएईका शेखसँग अमरबारे कुराकानी गरे उनले न्याय पाउने बाबु कर्णबहादुर बमले अपेक्षा गरेका छन् । 

२००२ मा अमर वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । त्यहाँ पुगेको एक महिना पनि बित्न नपाउँदै उनी हत्याको आरोपमा जेल परे । उनलाई युएई सरकारले मृत्युदण्ड घोषणा गरेको पनि २० वर्ष भइसक्यो । तर, युएई सरकारले उनलाई दण्ड भने दिएको छैन । युएई कानुनले उनलाई अपराधी ठाने पनि जेल प्रशासनका अधिकारी भने उनलाई निर्दोष नै ठान्छन् । त्यसैले पनि उनको सजाय कार्यान्वयनमा ढिलाइ भइरहेको छ ।

१९ जनवरी २००३ मा दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्या भयो । भारतकै मनोज मुदाना र करन सिंह राजपुतले गोली हानी उनको हत्या गरेका थिए । अमर उनीहरूका गाडीचालक थिए । उनीहरूले अमरलाई गाडीमै कुर्न लगाए र क्लबभित्र छिरे । त्यहाँ सेठ्ठीको हत्या गरे । त्यो घटनाबारे अमरलाई केही थाहा थिएन । एक सातापछि हतियार उपलब्ध गराएको अभियोगमा अर्का भारतीय स्मद कुलत बनवारी पक्राउ परे । त्यसको करिब एक वर्षमा दुबईको उच्च न्यायालयले मनोज र करनलाई हत्या गरेकामा तथा अमरलाई मतियारका रूपमा मृत्युदण्ड दिने फैसला सुनायो । त्यसपछि उनलाई जेलमा राखियो । 

प्रधानमन्त्रीले युएईका शेखलाई भेटेमा अमरले पाउन सक्छन् माफी 
विनाअपराध युएईको जेलमा परेका अमरबहादुर बमलाई नेपालको प्रधानमन्त्रीले मात्रै बचाउन सक्ने नेपाली समाज युएईका पूर्वअध्यक्ष कृष्ण ढकालले बताए । ‘युएईका प्रधानमन्त्रीसमेत रहेका दुबईका शासक शेख मोहम्मद बिन रसिक मोक्तम उदार दिलका छन् । न्याय र सुरक्षामा उनको देशभरि तारिफ हुन्छ । प्रधानमन्त्री आएर शेखसँग सौहार्दपूर्ण रूपमा वास्तविकता राख्ने हो भने उनले सजिलै आममाफी पाउँछन्,’ उनले भने । 

युएईमा सर्वोच्च न्यायालयले तोकेको सजाय पनि शेखले माफी मिनाहा गर्न सक्ने प्रावधान छ । प्रधानमन्त्री तहबाट प्रयास गर्ने हो भने माफी पाउने आस बमको छ । निर्दोष भए पनि नेपाल सरकारले आफ्ना नागरिकको मूल्य बुझ्न नसकेको युएईमा लामो समयदेखि पत्रकारिता गर्दै आएका उमाकान्त पाण्डेले बताए । ‘युएईमा धेरै देशका श्रमिकले काम गर्छन् । आफ्ना श्रमिकलाई समस्या प¥यो भने तत्काल सम्बन्धित मुलुकले नै चासो देखाउँछ । तर, नेपाल सरकारले भने रेमिट्यान्सको मात्रै हिसाब राख्छ,’ उनले भने । 

अमर बम अपराधी होइनन् भन्ने कुरा मुख्य अपराधीकै बयानले स्पष्ट हुन्छ । उनले युएईको भाषा र नियम बुझ्न नसक्दा पनि आफ्नो सफाइ दिन नसकेको पाण्डेले बताए । उनका अनुसार ठुल्ठूला अपराध गरेका आफ्ना नागरिकलाई कति देशका प्रमुख आई लिएर जाने गरेका छन् । ‘म निर्दोष छु, बाँच्न चाहन्छु’ भन्दै बमले सधैँ अनुनय गर्ने गरेको पत्रकार पाण्डेले बताए । मृत्युदण्ड सुनाएको २० वर्ष भइसके पनि उनी अहिलेसम्म जेलमै छन् । नेपाली समाजका पूर्वअध्यक्ष ढकालका अनुसार निर्दोष अमर बमको केसलाई भारतसँग कुरा गरेर युएईमा अलग–अलग मुद्दाको रूपमा स्थापित गर्न सक्नुपर्छ । प्रधानमन्त्री तहबाट पहल भएमा सजिलै उद्धार गर्न सकिने उनको भनाइ छ । 

ad
ad