१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अलराउन्डर सोनुले लिए सन्न्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o५:oo

 घरेलु क्रिकेटमा हिटर ब्याट्सम्यानको छवि बनाएका अलराउन्डर सोनु तामाङले सन्न्यास घोषणा गरेका छन् । त्रिभुवन आर्मी क्लबका सोनुले पहिलो केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताअघि सन्न्यासको घोषणा गरे । उनले सोसल मिडियाबाट आफूले घरेलु क्रिकेटबाट विश्राम लिएको जनाएका छन् । साढे दुई दशक लामो क्रिकेट यात्राबाट अलग हुँदा उनले दुःख व्यक्त गरेका छन् । प्रतिभाशाली युवा क्रिकेटर भए पनि उनले एकपटक पनि राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन सकेनन् । 
करिअरमा उनी एकपटक २०१५ मा राष्ट्रिय टोलीको क्लोज क्याम्पमा अटाएका थिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा हर्ष लागेको उनले बताए । उनले भारतबाट आफ्नो क्रिकेट करिअर सुरु गरेका थिए । त्यसपछि बिस्तारै उनी नेपालको घरेलु प्रतियोगितामा स्थान बनाउँदै थिए । ३९ वर्षका सोनुले आगामी दिनमा क्रिकेट प्रशिक्षणमा लाग्ने जनाएका छन् । 

‘अब प्रशिक्षणमा पुनः क्रिकेटमा फर्किनेछु,’ उनले भने । उनले मुम्बईका स्थानीय क्लबदेखि बालुवाटार क्रिकेट क्लब, महावीर क्लब, काठमाडौं जिल्ला, पञ्चकन्या तेज, काठमाडौं गोल्डेन्स, ललितपुर प्याट्रिओट्स, चितवन राइनोज र त्रिभुवन आर्मी क्लबबाट खेलेका छन् । 

ad
ad