१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४२:oo

जाडो बढ्न थालेसँगै ज्याकेटको बिक्री पनि बढ्दो छ । बजारमा विभिन्न ब्रान्डका ज्याकेट उपलब्ध छन् । न्यानोसँगै फेसनेबल देखिने ज्याकेट छान्नु राम्रो हुन्छ । 

लेदर ज्याकेट : यो सदावहार ज्याकेट हो । महिला र पुरुष दुवैको रोजाइमा यो ज्याकेट पर्छ । यो ज्याकेट टी–सर्ट, कुर्थीमा पनि सुहाउँछ । 

डेनिम ज्याकेट : पुरुष डेनिम ज्याकेट प्रयोग गर्न रुचाउँछन् । डेनिम ज्याकेटलाई अझ न्यानो बनाउन फरको प्रयोग गर्न पनि सकिन्छ । 

हुडी : बजारमा विभिन्न डिजाइनका हुडी पाइन्छन् । यसले शरीरलाई न्यानो राख्छ । त्यस्तै, मफलर ज्याकेट पनि प्रयोग गर्न सकिन्छ । फरमा कलर राखेको ज्याकेट पनि बजारमा पाइन्छन् । जाडोमा लगाउन मिल्छ । टोपीमा फर भएको ज्याकेट चिसो ठाउँका लागि अझ बढी उपयोगी हुन्छ । 

फेदर डाउन ज्याकेट : जाडो मौसमका लागि डाउन ज्याकेट अत्यन्तै उपयोगी छ । यो अधिक चिसो ठाउँमा प्रयोग गरिने ज्याकेट हो । यसको भित्री भागमा प्वाँख भएकाले फेदर ज्याकेट पनि भनिन्छ । यो ज्याकेट एकदमै तातो हुन्छ । ज्याकेट युवालाई मात्रै नभएर वृद्धहरूका लागि पनि उत्तम छ । यसले शरीरलाई न्यानो बनाउँछ । 

लाइट डाउन : चिसो मौसममा लाइट डाउन ज्याकेट पनि उत्कृष्ट छ । लाइट डाउन ज्याकेट जति चिसो मौसम हुन्छ, त्यति फुल्दै जान्छ । यो फेदरभन्दा अलि पातलो हुन्छ । यसले पनि शरीरलाई तातो बनाउँछ । यो स्टाइलिस देखिए पनि धेरै चिसो छेक्न सक्दैन । त्यसैले धेरै चिसो र हिउँमा यो ज्याकेट उपयुक्त नहुन सक्छ । तर, दिउँसो घाम लागेका वेला घुमफिर गर्नका लागि यो ज्याकेट सही छनोट हो । यसमा मसिनो प्वाँख मात्रै हुन्छ ।

पफर ज्याकेट : नेपाली बजारमा पफर ज्याकेटका विभिन्न डिजाइन पाइन्छन् । यसले शरीरलाई तातो र न्यानो बनाउँछ । त्यसैले यो ज्याकेट अधिकांश ग्राहकको रोजाइमा पर्छ । यसको भित्री भागमा सिलिकन राखिएको हुन्छ । अगाडि–पछाडि प्रिन्ट भएको पाइन्छ । 
 

ad
ad