मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०८० कार्तिक २३ बिहीबार १५:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चौतारा साँगाचोकगढीले भूकम्पपीडितलाई १७ लाख दिने

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०८० कार्तिक २३ बिहीबार १५:५९:००

चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १७ लाख दिने घोषणा गरेको छ।

भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न नगर कार्यपालिका बैठक बसेको थियो। बैठकमा १४ वडाका अध्यक्ष र कार्यपालिका सदस्य सबै सहभागी थिए।

बैठकले भूकम्पपीडितलाई १७ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिए। केन्द्रीय राहत  कोषमार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्ने गरी १७ लाखको चेक बनाएको उनले बताए।

‘प्राकृतिक विपत्तिमा एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावनाले सहयोग गर्ने निर्णय गरिएको हो,’ सापकोटाले भने। यसअघि सिन्धुपाल्चोकबाट ४५ लाख सहयोग गर्ने घोषणा भइसकेको छ।