१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्प : सहयोगका लागि लुम्बिनी सरकारको बैठक तुलसीपुरमा बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४८:oo

भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि लुम्बिनी प्रदेश सरकारको बैठक बस्न लागेको छ। शनिबार दिउँसो साढे १२ बजेतिर तुलसीपुरमा प्रदेश सरकारको बैठक बस्न लागेको अर्थमन्त्री धनबहादुर मास्कीले बताए। जाजरकोट, रुकुमपश्चिमलगायतका क्षेत्रमा मानवीय, भौतिकलगायतका क्षति भएको भन्दै आवश्यक सहयोगका सन्दर्भमा बैठकले निर्णय लिने उनले बताए। 

भूकम्प प्रभावितलाई उपचार गर्न लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी खटाएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाएको हो। 

औषधि तथा स्वास्थ्य सामग्रीसहितको टोलीलाई शनिबार बिहान पठाइएको अर्थमन्त्री मास्कीको भनाइ छ। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग समन्वय गरी २० जनाको टोलीलाई पश्चिमरुकुमको सल्ले अस्पताल पठाइएको हो। साथै, उद्धार तथा समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली त्यसतर्फ जाने भएको छ।

ad
ad