Skip This
भूकम्पपीडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Saturday, 27 July, 2024
लण्डन
२o८o कार्तिक १८ शनिबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपीडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
लण्डन
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार ११:३५:oo

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा प्रभावितहरूको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोग गर्ने भएको छ। 

संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीले शनिबार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

विज्ञप्तिमा भनिएकाे छ, 'जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुःखित भएको छ। भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ।'

'गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ। 

यस्तै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य चाँडो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई संघले आग्रह गरेको छ।