मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
२०८० कार्तिक १५ बुधबार १५:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

Read Time : < 1 मिनेट
२०८० कार्तिक १५ बुधबार १५:२५:००

नेकपा एमालेले बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज चियापान कार्यक्रम आयोजना गरेको छ। 

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन्। उनीसँगै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपाका महासचिव नेत्रविक्रम चन्द, माओवादीका नेताहरू पम्फा भुसाल, अग्नि सापकोटा, रास्वपाका अध्यक्ष रवि लामिछाने, स्वर्णिम वाग्ले, नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलगायत सहभागी भएका छन्। उनीहरूलाई अध्यक्ष केपी ओलीलगायत नेताहरूले स्वागत गरेका थिए। 

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो।