१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अन्नपूर्ण आधार शिविरबाट महासचिव गुटेरेसले भने- जलवायु परिवर्तनमा नेपालको कुनै हात छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५४:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालको कुनै हात नरहेको बताएका छन्।

चारदिने नेपालको औपचारिक भ्रमणमा आएका उनी सोमबार पोखरा आएका थिए। जलवायु परिवर्तनको असर बुझ्न मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनमा नेपालको कुनै हात नरहेको बताएका हुन्।

समुद्र सतहबाट चार हजार एक सय ३० मिटर उचाइमा रहेको शिविरमा पुगेर गुटेरेसले भने, ‘जलवायु परिवर्तनका लागि मुख्य देशहरू भनेका विकसित र औद्योगिक राष्ट्रहरू हुन्। यसमा नेपालको कुनै हात छैन। अरू धनी राष्ट्रहरुले गर्दा जलवायु परिवर्तन भइरहेको छ, तर नेपालले त्यसको नतिजा भोगिरहेको छ। जलवायु परिवर्तनले गर्दा नेपालको हिमालय क्षेत्रका ग्लेसियरहरू दिन प्रतिदिन घटिरहेको छ। ग्लेसियरहरू पग्लिएका कारण बाढी, पहिरो आएका कारण यसले समुदायहरूलाई असरसँगै विभिन्न क्षतिहरू गरिरहेको छ।’

उनले यस क्षेत्रमा आउनुको मुख्य उद्देश्य विश्वका धनी र औद्योगिक राष्ट्रहरूलाई जलवायु परिवर्तनको असर कम गर्ने उपाय खोजी गर्नु सन्देश दिनु रहेको बताए। 

उनले भने, ‘दिन प्रतिदिन मौसममा असर गरिरहेको छ, अब धनी र औद्योगिक राष्ट्रहरूले यसलाई कम गराउन हाल प्रयोग भइरहेका प्रविधिहरूसँगै जलवायु परिवर्तनलाई कम गराउन विभिन्न उपायहरू खोज्नुस् भन्ने सन्देश दिन हो।’

जलवायु परिवर्तनबाट नेपालमा परेको असर कम गराउन विश्व समुदायलाई आवश्यक सहयोगका लागि उनले आग्रह समेत गरेका थिए।

पोखरामा पत्रकारसँग यसो भने 

पोखरामा मैले पाएको अदभूत आतिथ्यताका लागि म गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो संसारको आश्चर्यमध्ये एक हो, तर यो एक अचम्म हो जुन खतरा छैन। किनभने म एक चेन हुँ। र, मेरो भ्रमणको कारण विश्वलाई स्पष्ट सन्देश दिनु थियो। प्रकृतिविरुद्धको यो युद्ध रोक्न जरुरी छ। प्रदूषित र जलवायु परिवर्तनलाई रोक्न यो आवश्यक छ किनभने हामीले यी अदभूत हिमालहरू र यी अदभूत हिमनदीहरूलाई जोगाउनैपर्छ। र, नेपाललाई समर्थन गर्न र जलवायु परिवर्तनमा योगदान नगर्ने, तर परिणाम भोग्ने अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । धेरै बाढी, धेरै पहिरो, यति धेरै समुदायहरू जसले गहिरो रूपमा नकारात्मक असर पारेको छ।

यसैले अन्तर्राष्ट्रिय समुदायलाई मेरो अपिल प्रभावकारी ऐक्यबद्धता देखाउनका लागि हो कि समुदायहरूको रक्षा गर्न लचिलोपन निर्माण गर्न अनुकूलनको लागि धेरै कोष छ र हानि र क्षति कोष अन्ततः ती मानिसहरूको फाइदाका लागि काममा राखिएको छ। आज जलवायु परिवर्तनका धेरै पीडामा परेको कारण भ्रमण गरेको हो । मुरीमुरी धन्यवाद। पोखरामा उनले पत्रकारहरूसँग दोहोरो कुरा भने गरेनन् आफ्नो मन्तव्य मात्र राखेका थिए।

पोखराबाट लुम्बिनी

सोमबार नेपाली सेनाको विमानमार्फत उनी पोखरा आएका थिए। सोमबार उनले फेवातालमा डुंगा सयरसँगै पोखरा– २२ पुम्दीभुम्दीस्थित पुम्दीकोटमा रहेको ५२ फिट अग्लो महादेवको विशाल मूर्तिको अवलोकनसँगै दर्शन गरेका थिए।

फेवाताल किनारमा रहेको फिस्टेल लजमा बसेका उनी मंगलबार बिहान नेपाली सेनाको हेलिकाेप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगेका थिए। जहाँ उनले स्थानीयहरूसँग जलवायु परिवर्तन र त्यसका असरका सम्बन्धमा कुराकानीसमेत गरेका थिए। आधार शिविरबाट फर्किएपछि पोखराको पुरानो विमानस्थलमा पत्रकारहरूमाझ आफनो मन्तव्य राख्दै उनी बिदा भएका थिए। उनी पोखराबाट लुम्बिनी गएका हुन्।

विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको बिदाइ गरेका थिए।  गुटेरेस दोस्रोपटक पोखरा आएका हुन्। यस अघि सन १९७८ मा उनी पोखरा आएका थिए।

ad
ad