१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोपोन्मुख ठाडोभाकाका संरक्षक देवीबहादुर गुरुङको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२९:oo

लोपाेन्मुख ठाडोभाकाका संरक्षक  देवीबहादुर गुरुङको निधन भएको छ । ठाडोभाकाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्क साइँला) सँगै ठाडोभाका संरक्षणमा जुटेका गुरुङको उपचारका क्रममा काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

लमजुङको सुन्दरबजार नगरपालिका– ७, सुन्दरबजार घर रहेका उनको पुर्ख्यौली घर लमजुङकै मध्यनेपाल नगरपालिका– १० थान्सिङ हो । उनको पार्थिव शरीरलाई सोमबार राति सुन्दबरजार ल्याइएको छ । उनको आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

रेडियो नेपालमा ०३२ मा उनीद्वारा रचित पहिलो लोकभजन (नाच न कृष्ण ढल्केर गोपीको मनैमा, रुन्छन् गोपी सम्झेर वृन्दावनैमा) रेकर्ड भएको गीत अहिले पनि चर्चामा रहेको साहित्यकार रमेशचन्द्र घिमिरे बताउँछन् । सानै उमेरदेखि ठाडोभाका गाउँदै आएका उनी पछिल्लो पाँच वर्षयता प्यारालाइसिसका बिरामी थिए । 

सानै उमेरदेखि ठाडोभाका गाउँदै र यसको संरक्षणमा जुटेका उनले गण्डकी प्रदेशका धेरै जिल्लामा पुगेर ठाडोभाकाको प्रचारप्रसारसमेत गरेका थिए । उनको निधनले नेपाली लोपाेन्मुख लोकगीत–संगीतमा अपूरणीय क्षति पुगेको लोकगायक राजु परियारले बताए। 

 

ad
ad