१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० कार्तिक १३ सोमबार ११:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा ड्युटीका प्रहरी कुटपिट गर्ने १२ जना पक्राउ, सार्वजनिक शान्तिविरुद्ध मुद्दा दर्ता गर्ने तयारी 

Read Time : < 1 मिनेट
२०८० कार्तिक १३ सोमबार ११:४२:००

गुल्मीको अर्खाबाङमा मादक पदार्थ सेवन गरेर ड्युटीमा रहेका प्रहरी कुटपिट गर्ने १२ जना पक्राउ परेका छन्। 

मालिका गाउँपालिका- ४ अर्खबाङमा दसैँ त्रयोदशीमा भएको सराय मेला सकिएपछि होहल्ला गरेर अशान्ति मच्याएपछि गस्तीमा पुगेका अर्खाबाङ प्रहरीचौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहासहितको टोली घटनास्थल पुगेकाे थियाे। 

मदिरा सेवन गरेका युवाहरूको समूहले प्रहरी सहायक निरीक्षक गाहासहितको टोलीलाई अपशब्द बोल्दै आक्रमण गरेकाे थियाे। 

घटनामा संलग्न मालिका गाउँपालिका- ३ बस्ने ३९ वर्षीय सन्तबहादुर थापा, वडा नं. २ २७ वर्षीय केशव खड्का, वडा नं. ३ का २४ वर्षीय अनिल थापा, १९ वर्षीय विशाल थापा, २२ वर्षीय विकल्प थापा, वडा नं. ८ का २० वर्षीय साहिल जिसी र वडा नं. ३  ३३ वर्षीय  नरेन्द्र थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

त्यस्तै मालिका गाउँपालिका- ३ बस्ने ३१ वर्षीय  भरत थापा, रुपन्देही तिलोत्तमा नगरपालिका- ११ घर भई हाल मालिका गाउँपालिका वडा नं. ६ मा डेरा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी, मालिका गाउँपालिका वडा नं. ३ बस्ने ४२ वर्षीय नारायण पाण्डेय, १९ वर्षीय विपिन थापा र ३३ वर्षीय गुञ्जबहादुर थापालाई पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धकाे कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता पाण्डेयले जानकारी दिए।