Skip This
दुई महिनामा भित्रियो दुई खर्ब २८ अर्ब रेमिट्यान्स 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३० मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई महिनामा भित्रियो दुई खर्ब २८ अर्ब रेमिट्यान्स 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १५:oo:oo

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेर रु. दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई एक अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ।

गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३ प्रतिशतले घटेर ७४ हजार चार सय ५५ रहेको छ।

 त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८.३ प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो।