Skip This
दसैँ फेसन : महिलालाई सुहाउँछ यस्ता पहिरन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २९ सोमबार १o:५६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँ फेसन : महिलालाई सुहाउँछ यस्ता पहिरन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १o:५६:oo

दसैँ किनमेलको सिजन हो । पहिले–पहिले मानिसहरूले दसैँलाई नयाँ लुगा लगाउने चाडका रूपमा पनि लिन्थे । यद्यपि, समयसँगै अहिले मानिसको फेसनप्रतिको चेत बढ्दो छ । त्यसैले उनीहरू हरेक सिजन फेसनेबल देखिन्छन् । यसका बाबजुद पनि दसैँमा अझै धेरै फेसनेबल देखिन चाहन्छन् । अहिले सामाजिक सञ्जालमा डिजाइन हेरेर आउने ग्राहकहरूको संख्या बढ्दो छ । त्यहीअनुसार बुटिकलाई ड्रेस तयार गर्न अर्डर दिन्छन् ।

चाडपर्वको सिजनमा कुर्ता, साडीलगायत परम्परागत ड्रेसमा महिलाको रुचि धेरै हुन्छ । पछिल्लो समय गररा, सररा, अम्रेला, पाकिस्तानी कुर्ता–सुरुवाल, कुर्ता–पाइन्टको माग बढेको छ । कुर्तामा फुल सर्कुलर र हाफ सर्कुलरमा पनि लगाउन सकिन्छ । त्यसैगरी, दसैँमा लगाउनका लागि ढाकाको चौबन्दीमा प्लेन सिफनको साडी, बोडरलेस गरेको साडी, अग्रेन्द्र साडी पनि चल्तीमा छन् । तर, धेरै महिलाले गररा, सररा, पास्कितानी कुर्ता नै रोज्छन् ।

कुर्ताले दसैँमा आकर्षक लुक्स देखाउन सहयोग गर्छ । दसैँमा लगाउनका लागि ढाकाको चौबन्दीमा प्लेन सिफनको साडी, बोडरलेस गरेको साडी बजारमा आएका छन् । प्रायः जर्जेट, सिल्क, नेट र सिफनका कपडाबाट बनेका कपडाको माग बढेको छ । 

पाकिस्तानी कुर्ता 
अहिले पाकिस्तानी डिजाइनका कुर्ता–सुरुवाल पनि चल्तीमा रहेको छ । यसमा कुर्ता घुँडासम्म आउने हुन्छ । अनि लुज फिटिङ पनि हुन्छ । लुज फिटिङमा पाइन्ट स्टाइलको सुरुवाल पनि बनाउन सकिन्छ । सिफन, जर्जेटलगायत फ्याब्रिकहरू प्रयोग गर्न सकिन्छ । 

ढाका 
ढाकाको कपडा अहिलेको मौसमअनुकूल पनि छ, किनकि दसैँपछि जाडो हुन्छ । ढाका बाक्लो हुन्छ र न्यानो हुन्छ । तिहार, ल्होसारलगायत विभिन्न चाडमा सांस्कृतिक कार्यक्रम पनि हुन्छन् र त्यतिवेला ढाकाका मौलिक कपडा लगाउँदा राम्रो 
पनि देखिन्छ । 

सररा र गररा कुर्ता
सररा र गररा कुर्ता पनि चल्तीमा रहेको कुर्ता हो । यसमा सिफन, जर्जेट फ्याब्रिकहरू प्रयोग गरिन्छ । माथिल्लो भागमा इनबोडर गरिन्छ । यसमा बुट्टाहरू भरिन्छ । बुट्टाविना पनि बनाइन्छ । मुख्यचाहिँ डिजाइनमा ध्यान दिनुपर्छ । यसमा रातो, पहेँलो, सेतो कलर पनि प्रयोग गर्न सकिन्छ । 

विवाहितहरूको रोजाइ
विवाहितले चौबन्दी चोलीमा प्लेन सिफनको साडी मिलाएर लगाउने पनि गरेका छन् । पोते, सिन्दूर, टीका, चुरा, मंगलसूत्र लगाउँदा चौबन्दी चोलीमा सिफनको साडी आकर्षक देखिन्छ । साडीलाई पनि विभिन्न डिजाइन दिन सकिन्छ । फुल सिल्भ भएको ब्लाउज, फ्लावर प्रिन्ट भएकोे अग्रेन्द्र साडी पनि बजारमा पनि पाइन्छ । दसैँमा हिँडडुल धेरै गर्नुपर्ने भएकाले मानिसले बस्न, उठ्न सहज हुने हलुका कपडा रोज्नुपर्छ । लेहेंंगाको लुक्स आउने गरी सररा कुर्तामा माथिबाट सलको कम्बिनेसन मिलाएर लगाउन पनि सकिन्छ । 

कलर : आफ्नो स्किन टोनअनुसार डार्क वा लाइट कलर छनोट गरिन्छ । दसैँमा प्रायः महिलाहरूको रोजाइमा रातो, पहेँलोलगायतका रङ पर्छन् ।