Skip This
आन्तरिक स्थिरता र बाह्य सुरक्षा कायम राख्नसक्ने देश नै समृद्धशाली : ओली 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २७ शनिबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्तरिक स्थिरता र बाह्य सुरक्षा कायम राख्नसक्ने देश नै समृद्धशाली : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार १४:३४:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन(आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौँ बैठक र एसिया—युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभई दीर्घकालीन राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए।

उनले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सदभाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने औँल्याए। 

‘कुनै पनि देशलाई सुल्झिएको राजनीति, त्यस्तै राजनीतिक दल र राज्यव्यवस्थाको योगले मात्र सक्षम बनाउँछ। यस योगबाट प्रभावकारी संवैधानिक तथा कानुनी प्रबन्धको निर्माण हुन्छ। बलिया सार्वजनिक संस्था बन्न सक्दछन्  कानुनको शासन लागू हुन्छ,’ उनले भने, ‘सेवा प्रवाह गर्ने राज्यको क्षमता बढोत्तरी हुन्छ। आधारभूत मानव अधिकार, नागरिक स्वतन्त्रता, न्याय, समानता र समान संरक्षणको प्रत्याभूति गर्नसक्ने सरकारले नागरिकको विश्वास आर्जन गर्दछ। यसैका आधारमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र बाह्य सुरक्षा कायम राख्न सक्ने देश नै समृद्धशाली देश हो।’ 

सम्मेलनमा उनले दिगो पर्यटन प्रवर्द्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए। कार्यक्रममा एसियाली राजनीतिक दलका नेताहरूको सहभागिता छ।