१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा सामान्य करेक्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५८:oo

लगातार तीन दिन दोहोरो अंकले घटेको सेयर बजारमा आज  सामान्य करेक्सन भएको छ। सेयर बजार परिसूचक नेप्से आज ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ। 

आज उत्पादन, व्यापार र निर्जीवन बlमा समूहको सेयर सामान्य घटेको छ भने अरू सबै समूहको सेयर सामान्य अंकले बढेको छ। यसमा पनि सिटी होटेल, मान्डु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। 

आज ३७ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब आठ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ। समग्र सेयर सामान्य अंकले बढे पनि सानिमा जिआइसी इन्सुरेन्स कम्पनीको सेयर चार प्रतिशतले ओरालो लागेको छ। 

ad
ad