१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

युवा उद्यमीलाई एलन मस्कको सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३६:oo

एलन मस्क विश्वका धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा छन् । स्पेस एक्स र टेस्ला कम्पनीका सिइओ तथा लगानीकर्ता मस्कले युवा व्यवसायीहरूलाई सफल हुनका लागि दिएको सुझाव :

प्रतिक्रिया माग्नुहोस् 
कुनै पनि व्यवसाय सुरु गर्दा गल्तीहरू हुन सक्छन् । त्यही कारण तपाईंले धेरैभन्दा धेरै मानिससँग प्रतिक्रिया माग्नुहोस् । आफ्नो योजना र आफूले दिइरहेको सेवाका विषयमा प्रतिक्रिया माग्नुस् । आलोचनात्मक प्रतिक्रिया खोज्नुस् । के गल्ती भयो भनेर सोध्नुस् । 

अरूले दिने सिर्जनात्मक आलोचना सधैँ महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ आलोचना सुन्न गाह्रो पनि हुन्छ । तर, यो सिक्ने प्रक्रियाको हिस्सा हो । तपाईं व्यवसायमा सफल बन्न चाहनुहुन्छ भने प्रतिक्रियालाई व्यक्तिगत रूपमा नलिनुस् । यदि कुनै काम थाल्दै हुनुहुन्छ भने गल्तीरहित हुन गाह्रो छ । त्यसैले अन्य व्यक्तिले दिएको प्रतिक्रिया महत्वपूर्ण हुन सक्छ । 

हात फोहोर गर्नुस् 
मैले मिहिनेत गर्नुस् भन्न खोजेको हो । घन्टाको ख्याल नगरी काम गर्नुस् । कुनै पनि काम सहज हुँदैन । सुरुवातमा व्यापार अझै कठिन हुन्छ । खटिरहनुस् । 

कामदार छनोट 
नयाँ कामदारको छनोट गर्दा आफ्नो कम्पनीमा विद्यमान टिमसँग मिल्ने खालका कामदार छनोट गर्नुस् । सबैले तपाईंको मिसन के हो भनेर बुझ्न जरुरी छ । लक्ष्य के हो भनेर बुझ्न जरुरी छ । उनीहरू सबैले त्यही लक्ष्यका लागि काम गर्नुपर्छ । कम्पनीले के गर्दै छ भन्ने उनीहरूलाई थाहा हुनुपर्छ । 

स्पष्ट भिजन 
तपाईंसँग स्पष्ट भिजन हुन जरुरी छ । कुन उद्देश्यका साथ व्यवसाय सुरु गर्दै छु र कम्पनीलाई कहाँ लैजाँदै छु भन्नेमा स्पष्ट हुनुहोस् । 

औपचारिकतामा ध्यान नदिनुस् 
व्यवसायमा धेरै औपचारिक भएर हुँदैन । तपाईं स्मार्ट र क्रिएटिभ हुनुपर्छ । 

पैसामा केन्द्रित नहुनुस् 
मैले पैसा कमाउनका लागि टेस्लामा लगानी गरेको थिइनँ । पेट्रोल–डिजेलबाट गुड्ने गाडी वातावरणमैत्री नभएकाले मैले इलेक्ट्रिक अटोमोबाइल कम्पनी खडा गरेँ । यो सम्पत्तिको कुरा होइन । मैले जुन कुरालाई ठूलो समस्या मानेको थिएँ, त्यसको समाधान हुँदै छ । अन्यथा, वातावरण संरक्षण नगर्दा हामी आफैँ समस्यामा पर्छौं । 

प्रतिबद्धता 
जे गर्दै हुनुहुन्छ, त्यसमा प्रतिबद्ध हुन जरुरी छ । फेरि पनि भन्छु, पैसा मात्रै ठूलो होइन । सफल हुनका लागि तपाईंसँग प्रतिबद्धता र भोक चाहिन्छ । 

युवावस्थामै थाल्नुस् 
तपाईंले व्यापारमा सफलता हासिल गर्न समय लाग्छ । त्यसैले युवावस्थामै यसमा लाग्नु राम्रो हुन्छ । युवा छँदा तपाईंसँग जोखिम लिने क्षमता ज्यादा हुन्छ । त्यस्तै, तपाईंका जिम्मेवारी कम हुन्छन् र तपाईंले आफ्नो व्यवसाय वृद्धिका लागि आफ्नो ऊर्जा खर्च गर्न पाउनुहुन्छ । उमेर बढ्दै जाँदा जिम्मेवारी बढ्दै जान्छन् । त्यसैले युवावस्थामै जोखिम लिनु राम्रो हुन्छ । बोल्ड निर्णय गर्दा पनि तपाईंले पछुतो मान्नुपर्दैन । 

सही लागेको काम 
कम्पनी सुरु गर्न निकै गाह्रो हुन्छ । पीडादायी नै हुन्छ । यस्तो पीडा सहनका लागि तयार हुनुपर्छ । त्यसैले जुन क्षेत्रमा तपाईं रमाउनुहुन्छ, त्यही व्यवसायमा हात हाल्नुस् । मन लागेको काम गर्नुस् । 

फरक बन्नुस् 
उपभोक्ताका लागि धेरै विकल्प हुन्छन् । तपाईंले व्यवसाय सुरु गर्नुअघि नै बजारमा अर्काे ब्रान्ड स्थापित भइसकेको हुन सक्छ । त्यसैले तपाईंले आफ्नो फरक उपस्थिति देखाउन जरुरी छ । यसरी नै कम्पनीको ब्रान्डिङ गर्नुपर्छ । 

(एजेन्सीको सहयोगमा)

ad
ad