Skip This
टिकास बिग्रिएर जहाज फर्किएपछि नेवानिका दुई कर्मचारी कारबाहीमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १९ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिकास बिग्रिएर जहाज फर्किएपछि नेवानिका दुई कर्मचारी कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार o८:४४:oo

बुधबार राति काठमाडौंबाट साउदीको दमामका लागि उडेको आरए २४१ जहाजमा समस्या देखिएपछि पाकिस्तानको आकाशबाट जहाज फर्काउनुपरेको घटनामा नेपाल वायुसेवा निगम (नेवानि)का दुई कर्मचारी कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाज चेकजाँच गरी उडानको सिफारिस दिने ड्युटी इन्जिनियर र निगमको एयरवर्दिनेस विभागका म्यानेजरको ड्युटी अफ गरिदिएको हो ।

उडिरहेको जहाजवरिपरि अन्य जहाजहरू रहेमा सतर्क गराउने प्रणाली टिकासले काम नगरेपछि उक्त जहाज काठमाडौं फर्काइएको थियो । उडानका क्रममा टिकासले अलर्ट दिएर अन्य जहाजसँग ठोक्किनबाट जोगाउँछ । ‘अलर्ट दिने प्रणाली बिग्रिएको रहेछ, तर जहाज ठीक छ भनेर उडाउन दिइयो,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘यस विषयमा निगमले आन्तरिक छानबिन गरेर हामीलाई रिपोर्ट गर्छ, हामीले थप अनुसन्धान गरेर निर्णय लिनेछौँ ।’

इन्जिनमा समस्या देखिएर काठमाडौंमा ७५ दिनसम्म ग्राउन्डेड भएको ९एन–एकेएक्स जहाज इजरायली कम्पनीको भाडाको इन्जिन जडान गरी गत साता मात्र उडान थालेको थियो । नियमित उडान सुरु गरेको हप्ता दिन पनि नपुग्दै जहाज पुनः ग्राउन्डेड भएको छ । अहिले निगमको वाइडबडी एयरब ३३० जहाज पनि काठमाडौंमा ग्राउन्डेड अवस्थामा छ ।