१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मञ्जु टेलर सिजाङ तिब्बत
२०८० असोज १८ बिहीबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता 

Read Time : < 1 मिनेट
मञ्जु टेलर, सिजाङ तिब्बत
२०८० असोज १८ बिहीबार ११:३०:००

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता  भएको छ । तिब्बतमा  भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेसनल को अपरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल–तिब्बत सम्बन्धका साथै   हालसालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौता र बिआरआई परियोजनालगायतका विषयमा कुराकानी भएको उपाध्यक्ष अर्यालले बताएकी छिन् ।  उनले भनिन् , ‘हामीले नेपालीको तर्फबाट धेरै विषयमा कुरा राखेका छौँ, परराष्ट्रमन्त्रीको तर्फबाट सकारात्मक प्रतिक्रिया आएको छ । तर, उपलब्धिको विषयमा उनीहरूको प्रतिक्रिया कुर्नुपर्ने हुन्छ ।’

यसबाहेक कार्यक्रममा उपाध्यक्ष अर्यालले  स्पिचनोटमा चीन र नेपालको उच्चस्तरीय भ्रमणका उपलब्धिका साथै कोभिडको समयमा चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन् । 

नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहितको उपस्थिति रहेको थियो।