१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मन्त्रिपरिषद् बैठककाे फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ११:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ११:५६:००

मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण स्वीकृत गरेको छ । उनी चीनको साताव्यापी औपचारिक भ्रमणमा आइतबार जानेछन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालय सम्हालेपछि उनले गर्न लागेको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

उपप्रधानमन्त्री श्रेष्ठ आइतबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्ने र सोमबार बेइजिङ पुग्ने कार्यक्रम छ । मंगलबार उनले समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

भ्रमण दलमा उनीसँग परराष्ट्रको उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, शिष्टाचार अधिकृत र छलफलका क्रममा बुँदा टिप्ने प्रयोजनका लागि अधिकृत हुनेछन् । बेइजिङबाट राजदूत विष्णुपुकार श्रेष्ठ, उपनियोग प्रमुख सुरेन्द्रकुमार यादव सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङपछि चोङचिङ, सिचुआन र तिब्बतको भ्रमण गर्ने तयारी छ । तिब्बतको मौसम र उनको स्वास्थ्यले साथ दिएमा कैलाश मानसरोवरको दर्शनमा जाने कार्यक्रम छ ।