१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रमेश रावल सुर्खेत
२०८० असोज १४ आइतबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वीरेन्द्रनगरमा आइतबार बिहानदेखि आन्दोलन

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०८० असोज १४ आइतबार १०:५७:००

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहानैदेखि अशान्त रहेको छ । सुर्खेतमा शुक्रबार र शनिबार दुई घटनामा परी मृत्यु भएका दुईजना बालकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् ।

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेजनजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका– ६ खिड्कीज्युला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरी र शुक्रबार वीरेन्द्रनगर नगरपालिका– ६ घन्टाघरनजिक रहेको उषा बालबाटिका सेकेन्डरी स्कुलको होस्टेलमा आठ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । 

होस्टेलमै शंकास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।