१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३७:oo

हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्‍याइरहेको हुन्छ । कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ । दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ । तर, योभन्दा बढी कपाल एकैचोटि झर्न थाल्यो भने समस्या भनेर बुझ्नुपर्छ । 

कारण
पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो । तर, यो सबैमा देखिन्छ भन्ने हुँदैन । दैनिक काम वा अन्य विभिन्न कारण अत्यधिक तनाव भएमा हर्माेनमा गडबडी आउँछ । यसले गर्दा प्रतिक्रियास्वरूप बाक्लो कपाल झर्न थाल्छ । 

धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिने हुन्छ । यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्ने हुन्छ । त्यस्तै, मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुन्छ । जसका कारण पनि कपाल झर्छ । 

पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्माेनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ । त्यस कारणले कपाल झर्न थाल्छ । टेस्टोस्टेरोन हर्माेन तीव्र गतिमा बढ्न थालेपछि बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ । 

कतिपय पुरुषले फरक स्टाइल दिने नाममा कपाल कलर गर्ने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने गर्छ । अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । जसले कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ । अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियमलगायतको कमी हुन्छ र कपाल झर्ने हुन्छ । 

रोकथाम

वंशानुगत गुण, बढ्दो उमेर, हर्माेनका कारणले कपाल झरेको भए यसलाई रोक्न मुस्किल हुन्छ । तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न भने सकिन्छ । स्वस्थ जीवनशैली तथा खानपान आवश्यक हुन्छ । धूम्रपान र मद्यपान गर्नुहुँदैन । तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग नगर्दा कपाल झर्न कम हुन्छ । 

ad
ad