मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १० बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार १६:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब ८१ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार १६:o१:oo

मंगलबार दाेहाेराे अंकले बढेको सेयर बजार आज १८.६० अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज बुधबार १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ।

आज सबै समूहको सेयर ओरालो लागेर छ। यसमा पनि सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु– २ को सेयर १० प्रतिशतले घटेको छ।

यस दिन ७० लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

समग्रमा बजार राताम्मे हुँदा पनि मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको सेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशतले बढेको छ।