१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:o४:oo

अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच केही दिनदेखि भड्किएको हिंसा रोक्ने युद्धविराम सम्झौता भएको छ । युद्धविराम घोषणाअघि नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनले आह्वान गरेका थिए ।

मस्को भ्रमणमा रहेको चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा पुटिनले यस तनाबारे टिप्पणी गर्दै भनेका थिए, ‘येरेभानका अधिकारी, स्टेपानेकर्टका (पृथकतावादी काराबाख) अधिकारी र बाकुमा द्वन्द्वका सबै पक्षसँग निकट सम्पर्कमा छौँ । मलाई आशा छ कि हामी तनाव कम गर्न सक्छौँ र यस समस्याको समाधान शान्तिपूर्ण मार्गबाटै टुंगोमा पुर्‍याउनेछौँ ।

अजरबैजानले बुधबार नागोर्नो–काराबाखको विवादित क्षेत्रमा पृथकतावादीले हतियार बिसाउन र पुनः एकीकरण वार्ता गर्न सहमति जनाएपछि आफ्नो सैन्य कारबाही रोकेको घोषणा गरेको थियो ।
 

ad
ad