मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Friday, 14 August, 2026
तस्बिर : एपी
एजेन्सी
२o८o भदौ ३१ आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आवश्यक परे टर्की इयूबाट अलग हुन्छ : राष्ट्रपति एर्दोगान

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १५:५५:oo

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयू)बाट अलग हुन सक्ने बताएका छन्।

युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै उनले आवश्यक परे मूल्यांकन गरेर युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताएका हुन्।

संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा एर्दोगानले यस्तो टिप्पणी गरेका हुन्।

उनले टर्कीले युरोपेली संसद्ले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने पनि प्रस्ट पारेका छन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल